सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने शुक्रबार अन्तिम दिन रहेको छ । बैकले १० वर्षे अवधिको वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र ‘एसबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्न लागेको हो । बाँकी ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने यो ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने छ ।

प्रकाशित : २४ असार २०७९, शुक्रबार १०:४८