चार महिनायताकै सस्तो सुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चार महिनायताकै सस्तो सुन



काठमाडाैैं । सुन चार महिनायताकै सस्तो भएको छ। दुई दिनमा तीन हजारभन्दा बढीले घटेर सुनले चार महिनापछि तोलाको ९५ हजार रुपैयाँभन्दा तल ओर्लिएको हो।

बुधबारभन्दा तोलामा १४ सय रुपैयाँले घटेर बिहीबार सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ। बुधबार सुन तोलाम १६ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजारमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा डलरको भाउ महङ्गिएपछि सुनको मूल्य घट्न थालेको हो ।

चाँदीको मूल्य भने बढेको छ। बिहीबार चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार १ सय ८५ रुपैयाँ भएको छ। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेको थियो।

अन्तराष्ट‍्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १७४६.८६ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस १९ ३७ डलर रहेको छ। बुधबार सुन प्रतिऔंस १७६७.०३ डलर र चाँदी प्रतिऔंस १९.१६ डलर थियो।

प्रकाशित : २३ असार २०७९, बिहीबार १३:२१