नेप्से घटेपनि कारोबार रकममा भने सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेप्से घटेपनि कारोबार रकममा भने सुधार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन आज सोमबार ९.७५ अंकले घटेर दुई हजार ७६ दशमलब ६७ विन्दुमा रोकिएको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.६८ अंक, फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ।

आज शेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । आज नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ७१ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४०३.६० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २८९.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज ग्लोबल आईएमइ बैंक डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९८ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : २० असार २०७९, सोमबार १५:४८