सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा साउन ६ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा साउन ६ गते



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साउन ६ गते शुक्रबार, कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो ३ बजे विशेष साधारण सभा बोलाएको हो ।

कम्पनीले बीमा समितिको निर्देशन अनुसार अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट गर्न, समझदारीपत्रमा हस्ताक्षर गर्न लगायतको सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

कम्पनीको पूँजी वृद्धि एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।यस्तै कम्पनीले बीमा समितिले तोके बमोजिम कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने व्यवस्था छ ।

प्रकाशित : २० असार २०७९, सोमबार १३:५४