राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। केन्द्रिय बैंकले ६ वर्ष अवधिको ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०७५ ‘च’ विक्री गर्न लागेको हो।

बोलकबोलबाट ब्याजदर निर्धारण हुने ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी खरिदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ४ अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात ७५ करोड छुट्याइएको छ।

इच्छुक लगानीकर्ताले असार २१ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ। ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकबराबर खरिद गर्न पाउनेछन्। ऋणपत्र यही असार २२ गते निष्काशन हुनेछ भने २०८५ असार २२ गते साँवा भुक्तानी हुनेछ।

राष्ट्र बैंकले १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

नेपाल राष्ट्र बैंकले १८ अर्ब १ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकका अनुसार आज (सोमबार) अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

असार २१ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा९१ दिन अवधिको ९ अर्ब १० करोड रुपैयाँ र ३६५ दिन अवधिको ८ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको हो।

प्रकाशित : २० असार २०७९, सोमबार १३:३४