ङादी ग्रुप पावरको सेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ङादी ग्रुप पावरको सेयरमूल्य समायोजन



काठमाडौं । ङादी ग्रुप पावरको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो

हकप्रद समायोजनपछि कम्पनीको प्रतिकित्ता सेयरमूल्य २६३ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । आइतबार कम्पनीको सेयर अन्तिम पटक ५०९ रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा हकप्रद समायोजन गरिएको हो ।

अब सोमबार कम्पनीको समायोजनपछिको सेयरमूल्यलाई आधार मानेर सेयर कारोबार खुल्नेछ ।

प्रकाशित : १९ असार २०७९, आईतवार १७:५०