सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिभिल बैंकको ९९औं एटिएम पोखराको लेकसाईडमा



काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटियम संचालनमा ल्याएको छ । उक्त एटियमको समुद्घघाटन बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले गरेका हुन् ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति रहेको थियो ।

हालसम्म रु. ९२ अर्व भन्दा वढी निक्षेप परिचालन गरी करीव रु. ८८ अर्व कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको यस एटियमसहित एटिएम संख्या ९९ पुगेको छ ।

प्रकाशित : 3 July, 2022 11:24 am