नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव



काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव मागेको छ । बोर्डले सूचना जारी गर्दै धितोपत्र बजार तथा वस्तु विनियमावली बजार सम्बन्धी आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि राय तथा सल्लाह–सुझाव माग गरेको हो।

बोर्डले हरेक वर्ष नीति तथा कार्यक्रम तयार गर्दा सरोकारवाला पक्षहरुसँग राय तथा सल्लाह–सुझाव लिँदै आएको छ। धितोपत्र बोर्डले सूचना जारी गरी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको मस्यौदा तयार भइरहेको जानकारी दिएको छ ।

सबै सरोकारवालाहरुलाई बजारको विकास तथा सुधारका लागि रचनात्मक राय सल्लाह सुझाव असार २० गतेसम्ममा इमेलमार्फत पेश गर्न बोर्डले आग्रह गरेको छ ।

प्रकाशित : 27 June, 2022 2:24 pm