बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा समितिले दियो हिमालयन र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरको अन्तिम स्वीकृति



काठमाडौं‌ । हिमालयन जनरल र एभरेष्ट ईन्स्योरेन्सलाई एक आपसमा मर्जका लागि बीमा समितिले अन्तिम स्वीकृत दिएको छ । उक्त कम्पनीहरुले गत वैशाख २३ गते एक आपसमा गाभिने सम्झौता गरेका हुन्।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले २०६९ चैतभित्र पुँजी वृद्धिका लागि निर्देशन जारी गरेपछि तोकिएको पुँजी पुर्‍याउन बीमा कम्पनीहरु यतिबेला दबावमा छन् । सोही क्रममा यी दुई बीमा कम्पनीले एक हुने निर्णय गरेका हुन्।

मर्ज भएपछि बन्ने संयुक्त कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँनजिक पुग्नेछ। अहिले एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब रुपैयाँभन्दा थोरै बढी छ भने हिमालयनको एक अर्ब १७ करोड हाराहारी छ।

समितिले निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम साढे दुई अर्ब रुपैयाँ पुँजी तोकेको छ। यो सीमा २०७९ चैतभित्रमा पुर्‍याइसक्नु पर्नेछ।

प्रकाशित : १२ असार २०७९, आईतवार १७:०८