पर्यटनमन्त्री आलेले दिए पदबाट राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

पर्यटनमन्त्री आलेले दिए पदबाट राजिनामा



काठमाडौँ । नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले मन्त्री पदबाट राजीनामा दिएका छन्।

४८ घन्टाभित्र राजीनामा दिने घोषणाअनुसार उनले मन्त्री पदबाट दिएको राजीनामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका हुन्।

उनले आफ्नो कार्यकालमा भएका कामको विवरण सार्वजनिक गर्ने तयारी पनि गरेका छन्। एकीकृत समाजवादीको मन्त्रिपरिषद् हेरफेरबारे असन्तुष्टि जनाएकामध्ये ६ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिइसकेका छन्।

प्रकाशित : १२ असार २०७९, आईतवार १६:१६