नागरिक लगानी कोषका कर्मचारीले थप १.५ प्रतिशत प्रतिफल पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नागरिक लगानी कोषका कर्मचारीले थप १.५ प्रतिशत प्रतिफल पाउने



काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई थप प्रतिफल दिने भएको छ । कोष संचालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कोषले करिव २ लाख ९८ हजार सहभागीहरुलाई कोषको आर्थिक बर्ष २०७७/७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने भएको छ । प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था कोषले गरिसकेको छ ।

२०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुने छ ।

प्रकाशित : १२ असार २०७९, आईतवार १५:४०