काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडादर घटाएको छ । शनिबार (असार ११ गते) नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा घटाएको हो ।
विभागका अनुसार यात्रुवाहक सवारी साधनमा ५.४१ प्रतिशत भाडा घटेको छ । त्यसैगरि मालवाहक सवारी पहाडमा चल्नेमा ६.९७ प्रतिशत र तराईमा चल्नेमा ७.६८ प्रतिशत भाडा घटेको छ ।
Comment