हकप्रद सेयर निष्काशन गर्न ङादी ग्रुप पावरले पायो बोर्डको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हकप्रद सेयर निष्काशन गर्न ङादी ग्रुप पावरले पायो बोर्डको अनुमति



काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले असार ९ गते ङादी ग्रुप पावरलाई १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशनकाे अनुमति दिएको हाे ।

अनुमति पाएसँगै अब कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ।यो हकप्रदको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : १० असार २०७९, शुक्रबार १२:३५