साउन १ गतेदेखि कुुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साउन १ गतेदेखि कुुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना



काठमाडौं । साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउनेलाई ५०० सय रुपैया जरिवाना गर्ने भएको छ ।

महानगरपालिकाले सुचना जारी गदै स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने सूचनामा उल्लेख छ

त्यसैगरी कुहिने र नकुहिने फोहोर पृथकीकरण गरी कुहिने फोहोर सङ्कलन गर्न आउने दिन कुहिने फोहोर मात्रै सङ्कलन गर्ने र नकुहिने फोहोर संकन गर्न आउने दिन नकुहिने फोहोर मात्रै सङ्कलन गर्ने महानगरले जनाएको छ ।

प्रकाशित : 23 June, 2022 11:55 am