काठमाडौं । नेपाल बैंक लिमिटडेको संचालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिमा नेपाल सरकार अर्थ मन्त्रलयको प्रतिनिधिको रुपमा संचालक पदमा रहेका रितेश कुमार शाक्यको स्थानमा अर्थमन्त्रालयका सहसचिव केदारनाथ शर्मालाई नियुक्त गरेको हो ।
उनले असार ३ गते संचालक समितिको पदको पद तथा गोपनियताको शपथ ग्रहण गरि सकेका छन् ।
Comment