परम्परागत हिसाबले बैंक चलाएर टिक्न गाह्रो छः बैंकर बिष्णु प्रसाद धितालको अन्तर्वार्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

परम्परागत हिसाबले बैंक चलाएर टिक्न गाह्रो छः बैंकर बिष्णु प्रसाद धितालको अन्तर्वार्ता



aa      बिष्णु प्रसाद धिताल

अध्यक्ष ,एपेक्स विकास बैंक

बैंक तथा वित्तिय सस्थाहरुमा मर्जरको लहर चलेको छ । बैंकरको नजरबाट हेर्दा मर्जर नै समस्याको समाधान हो त ?

पुँजी पुर्याउनको लागि महत्वपुर्ण माध्यम मर्जर हो । हुन त पुँजी बृद्धिका लागि आफै पनि राईट सेयर हाल्न पाउने बोनश सेयर दिने लगायतका कुराहरु छन । मुख्य कुरा त हामी (एपेक्स डेभलपमेन्ट बैंक) मर्जरकै बाटोबाट यहाँ सम्म आएका हौँ। कर्मचारी ,सञ्चालक आदीको व्यवस्थापन खर्चको कुरा गर्ने हिसाबले मासिक ८ देखि १० लाख सम्म बच्छ । मर्जरले धेरै नै बलियो बनाउछ। एकातिर बढेको पुँजीले ठूला परियोजनामा लगानी गर्नको लागि बाटो खुल्छ। करोड ऋण माग्दा सानो बैंकले दिन सक्दैन । तर, बलियो ठुलो बैंकले एउटैलाई अर्ब ऋण दिन सक्छ । लोनको डिपोजीट, र कर्मचारीमा कामको लगाव लगायतका कारणले पनि उत्तम छ। सानो बैंक हुँदा लोन बिग्रियो भने थला पर्ने संभावना प्रवल हुन्छ । तर, ठुलो बैंकलाई त्यो समस्या रहन्न ।  साना ऋणका समस्याले खासै असर पनि गर्दैन । मर्जरले धेरैलाई फाइदा पनि छ । तर मर्जर नै समस्या समाधानको उत्तम विकल्प चै हैन ।

बैंक तथा वित्तिय संस्थालाई गतिलो र दरिलो नियमन नै चाहिन्छ ।  हुन त सानो राम्रो भन्ने पनि हाम्रोमा चलन छ । तर त्यो होइन । बैंक भनेको त राज्यलाई सहयोग गर्ने शक्ति हो । त्यसैले बैंकलाई बलियो बनाउन राज्यले पनि सक्रिय भूमिकामा रहन आवश्यक । हाम्रो छिमेकी राष्ट्र भारतमा हेर्ने हो भने निजी बैंंकहरु सरकारी र्बैंकमा गाभिएका छन । त्यो किन भने आफुलाई बलियो र अब्बल साबित गर्नको लागि पनि हो । मुख्य कुरा त नियमन नै कडा हुनु आवश्यक छ । नियमन भएन भने हामी पनि समस्यामा पछौँँ । त्यस कारण मर्जर चै अति नै आवश्यक छ । त्यसैले राष्ट्र बैंकले भनेको समयमा पुँजी पुर्याउन सकेन भने के गर्ने भन्ने सवाल चै महत्वपुर्ण छ । सरकारले यसलाई के गर्ने भन्ने कुरामा सोच्न आवश्यक छ ।

पुँजी नपुगेको अवस्थामा वाणिज्यलाई विकास बैंक र विकासलाई फाइनान्समा झार्ने कुरा त छदै छ , तर फाइनान्सले पुँजी पुर्याएन भने चै के गर्ने ? अहिले विभिन्न हिसाबले  बैंकरहरुले समय थप्नुपर्छ भन्ने कुरालाई प्रथामिकता दिएका छन् । तर, पुँजी बृद्धिको समय सिमा थप भन्दा पनि एक्वीवेसनमा लाग्नु पर्छ । यस हिसाबले राष्ट्र बैंकले सक्रिय रुपमा लागेर कुन संंस्था कुनसंग म्याचिङ्ग हुन्छ  भन्नेमा चनाखो हुन आवश्यक छ । मुख्य कुरा भनेको  जनताको लगानीको मुख्य जिम्मेवार भनेको राज्य हो । यसको अर्थ बैंकहरु चै होइनन भन्न खोजेको हैन । हामी राज्यबाट सञ्चालीत छौँ । पुँजी पुर्याउन नसक्ने र अलमलमा परेका संस्थाहरुलाई नेपाल राष्ट बैंकले सहजीकरण गर्नको लागि छुट्टै अधिकार सम्पन्न सेल गठन गर्नु आवश्यक छ । हाम्रो  नेपाली संस्कृतिमा विहावारी गर्दा लमीको जरुरी हुन्छ नि हो त्यस्तै  सेल बनाउनु पर्छ । त्यसले एउटा सहयोगीको काम गर्न सकोस । आफ्नो लक्ष्य पुरा गर्न राष्ट्र बैंकले सहजीकरण त गर्नै पर्छ ।

नेपाल राष्ट्र बैंकले आफ्नो लक्ष्य पुरा गर्नको लागि  तपाईले भनेको जस्तो क्षमता राख्ला र ?

उ संग जनशक्ती छैन वा अहिलेको क्षमताले भ्याउदैन भने, बिशेषज्ञहरु झिकाएर काम गर्न सक्छ नि । नियमन गर्न नसकेकै कारण बैंक तथा वित्तीय संस्थाहरुको संख्या थोरै बनाउन खोजेको हो नि । नियमनमा नै कमजोरी छ भने बिशेषज्ञहरु ल्याउनु पर्छ । निजी क्षेत्रमा विभिन्न हिसाबले डिडिए गर्ने सस्थाहरु छन । त्यस्तै हिसाबले समस्या आउने बित्तिकै राष्ट्र बैंक र बैंकको बिचमा पुलको काम गर्नको लागि छुट्टै निकाय बनाउनु पर्छ । समस्या समाधान नभएका र मर्जरमा जानै नसकेकालाई राष्ट्र बैंकले आफैसंंग गाभ्दा पनि हुन्छ । अन्तर्राष्ट्रिय स्तरमा यस्तो प्रायोग पनि भएको छ । बैंकहरुको अविभावक मानिएको राष्ट बैंक मुकदर्शक बनेर बस्नु हुँदैन । नयाँ नयाँ कानुन र नीति ल्याएर यो क्षेत्रलाई सहज बनाउनु पनि उसको(केन्द्रिय बैंक) दायित्व हो ।

अहिले बाफियाले बैंकमा सिइओ र अध्यक्षको कार्यकाल २ पटक मात्रै भनेर तोक्यो । बैंकरहरु भन्छन अहिले बैंक चलाउन थोरै मात्रामा मान्छे छन निकै चुनौँतीपुर्ण छ, भन्छ नि ?

यो कुरा चुनौतीपुर्ण छ जस्तो मलाई लाग्दैन ।यसको पक्षमा हो म । संस्थालाई स्वस्थ र तन्दुरुस्त राख्नको लागि एउटै सस्थामा लामो समय सम्म एकै व्यक्ती बस्नु हुँदै हुँदैन । एउटै संस्थामा दुई कार्यकाल पो नबस भनेको । एउटा छाडेर अर्कोमा जान पाउछ नि । केही समय पछि आफुलाई आवश्यक परेको अवस्थामा पुनः सस्थाले ल्याउछ नि । सिइओ त जागिरे हो ८ । ८ बर्ष एउटा बैंकमा काम गर्दा उसले धेरै कुराहरुको विकास गरेको हुन्छ ।  एउटै व्यक्ती धेरै  समय एउटै तरिकाले काम गर्दा संस्थामा नयाँपन पनि आउदैन नि । संस्थागत शुसासनको लागि भए पनि यो नीति कार्यन्वयन हुन जरुरी छ । सधै एक जनाले मात्रै सेटिङ्गमा संस्था चलाउने भए यति धेरैको सेयर हालेर किन बैंक चलाउनु ? नियमित पाइदैन पो भन्या त । मुख्य कुरा त अहिले मरो अनुभव पनि हो । केहि माफिया समुह छन् । ति समुहले सिंगो बैंकलाई कभर गरेका छन् । भित्र सेटिङ्ग गरेर अर्बौ ऋण लिनेहरुको समस्या धेरै छ । एउटा मात्रै समस्यामा पर्यो भने बैंकहरुनै डुब्ने अवस्थामा पुग्छन । यस कारण पनि राज्य र बैंकहरु दुवै सचेत भएर अगाडी बढ्नु पर्ने बेला आएको छ ।

लामो समय सम्म बैंकिङ्ग क्षेत्रमा हुनु हुन्छ । बैंकरको हिसाबले हेर्दा अब नेपालमा कति बैंक आवश्य छ ?

अब बैंक थप्न जरुरी छैन । सख्या यति भन्दा पनि अब मर्जरमा लगेर गुणात्मक विकास गर्न जरुरी छ । एउटा बैंकको १ हजार शाखा बनाएर काम गर्नु  पर्छ । अब बैंकले नाफा भन्दा पनि  जनतालाई सेवा दिने हिसाबले काम गर्नु पर्छ । अहिले त हामी कहाँ बैंक खोल्ने अनि कसरी चुस्ने भन्ने र कमाउने भन्ने मात्रै छ । जहाँ कमाउने ठाउ छ त्यहाँ पुग्ने चलन बढेको छ । त्यो रोकिन आवश्यक छ । हामी तत्काल भन्दा पनि लामो समय सम्म केन्द्रित हुने हिसाबले काम गर्ने वतावरण बैंकहरुले निर्माण गर्नु पर्छ । अब र्बैंकिङ्ग क्षेत्रले आफ्ना  लगानीका क्षेत्रलाई परिर्माजन गरेर अगाडी बढाउन आवश्यक छ । अब परम्परागत हिसाबले बैंक चलाएर टिक्न गाह्रो छ । नयाँ सेवा र नयाँ प्रविधीको विकासलाई पहिलो प्रथामिकतामा राख्नु आवश्यक छ ।

प्रकाशित : २३ मंसिर २०७३, बिहीबार ०३:३३