राष्ट्र बैकले ८० करोड रुपैया मुद्दती निक्षेपमा राख्दै , यस्ता छन् शर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैकले ८० करोड रुपैया मुद्दती निक्षेपमा राख्दै , यस्ता छन् शर्त



काठमाडौं । नेपाल राष्ट्र बैंकले ८० करोड रुपैया मुद्दती निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ । राष्ट्र बैंकले आईतबार सुचना जारी गदै कर्मचारी संरक्षण कोष, उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नुपरेकाले इच्छुक तीन वटै वर्गका बैंकहरूलाई मुद्दती निक्षेपका लागि आवेदन आह्वान गरेको हो ।

बैंकले उक्त रकम मध्ये क वर्गका वाणिज्य बैंकमा ६४ करोड रुपैया, ख’ वर्गका विकास बैंकमा १२ करोड रुपैया र राष्ट्रिय स्तरका वित्त कम्पनीमा ४ करोड रुपैयाँ बराबरको मुद्दती निक्षेप लिन पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थाले आफूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदरसमेत तोकिएको सिलबन्दी फारम भर्नुपर्नेछ । राष्ट्र बैंकले राख्ने मुद्दती निक्षेप ३ सय ६५ दिनको हुनेछ । अर्थात् राष्ट्र बैंकको रकम बैंकहरूले असार २२ देखि २०८० असार २० गतेसम्म मुद्दती निक्षेपमा राख्न पाउनेछन् ।

त्यस्तै,उक्त रकम लिनका लागि संस्था सञ्चालनमा आएको कम्तिमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सिमा भन्दा बढी नभएको, निष्कृय कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो बैंकले समय समयमा निर्धारण गरेको सिमा भित्र रहेको र खुद तरल सम्पती स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा त्यो भन्दा बढी रहेको हुनुपर्ने जनाएको छ ।

प्रकाशित : ५ असार २०७९, आईतवार १४:१७