काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै



काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको छ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय भएको हो। सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ । नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।

महानगरको कार्यपालिकामा प्रतिनिधित्व गर्ने वडाध्यक्षको समेत भावना र सुझावलाई समेटेर नीति तथा कार्यक्रम तयार पारेको बताइएको छ ।

स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन मेयरमा निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ ।

प्रकाशित : ५ असार २०७९, आईतवार ११:५०