रिलायन्स लाइफ इन्स्योरेन्सले बाेलायाे विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिलायन्स लाइफ इन्स्योरेन्सले बाेलायाे विशेष साधारण सभा



काठमाडों । रिलायन्स लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा गर्ने भर्एको छ । कम्पनीले असार २० गते सोमबार बिहान ११ बजे अनमोल बैंक्वेट, शंखमुलमा सभा डाकेको हो । सभाको मिटिङ्ग आईडि र पासवर्ड इमेल मार्फत उपलब्ध गराउने जनाएको छ ।

सभाले कम्पनीको अधिकृत पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै जीवन बीमा कम्पनीसँगै मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले असार १० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सो सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित : 19 June, 2022 11:23 am