रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपीओ निष्काशन गदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आईपीओ निष्काशन गदै



काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले असार १३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६८ लाख ४२ हजार १०० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ थुमन र वडा नं. २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरु वडा नं. ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ७०० कित्ताको लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ भने ढिलोमा साउन १० गते हुनेछ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड रहेका छन्।

प्रकाशित : ५ असार २०७९, आईतवार ११:१३