विश्व बैंकले डिजिटल नेपाल परियोजनाका लागि नेपाललाई १७ अर्ब ५३ करोड दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

विश्व बैंकले डिजिटल नेपाल परियोजनाका लागि नेपाललाई १७ अर्ब ५३ करोड दिने



काठमाडौं । विश्व बैंकले ‘डिजिटल नेपाल एक्सेलेरेसन परियोजनाका लागि नेपाललाई १७ अर्ब ५३ करोड ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले शुक्रबार डिजिटल नेपाल एक्सेलेरेसन (डिएनए) परियोजनाको लागि ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा थप मानिसहरूलाई संलग्न गराउन १४ करोड डलर अर्थात १७ अर्ब ५३ करोड ८ लाख रुपैयाँ स्वीकृत गरेको छ।

“डिजिटल रूपान्तरणलाई अंगाल्ने देशहरूले हरित, लचिलो र समावेशी विकासमा आफ्नो संक्रमणलाई तीव्रता दिन सक्छन्। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका लागि देशीय निर्देशक फारिस हदाद-जेर्भोसले भने, ‘विश्व बैंकले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने नेपालको लक्ष्यलाई समर्थन गर्न पाउँदा गर्व गर्दछ जसले मानिसहरू र व्यवसायहरूलाई सूचना, सेवा र बजारमा जोड्नेछ।’

यो परियोजनाले डिजिटल नेपाल फ्रेमवर्क, २०१९ मा सरकारले घोषणा गरेको देशको डिजिटल अर्थतन्त्र रणनीतिको कार्यान्वयनमा सहयोग गर्नेछ। विशेष गरी ग्रामीण क्षेत्रका मानिसहरू र व्यवसायहरूको लागि परियोजनाले उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा पहुँच सुधार गर्नेछ।

परियोजनाले डिजिटल सीप विकास तालिममार्फत करिब १ हजार ५०० जनालाई रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्व बैंकले उल्लेख गरेको छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार १५:३८