नेपाल बैंकले दुई अर्ब ५० करोडकाे ऋणपत्र निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

नेपाल बैंकले दुई अर्ब ५० करोडकाे ऋणपत्र निष्काशन गर्ने



काठमाडौं । नेपाल बैंकले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले दुई अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत रहेको छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्टलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

उक्त सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । प्रस्तावित ऋणपत्र नियमनकारी निकायहरुकोे स्विकृति पश्चात निष्काशन गरिने छ ।

प्रकाशित : ३ असार २०७९, शुक्रबार १२:४५