सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै



काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन्।

संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट ल्याउन लागेका हुन् । यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँने भएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोकाे प्राथमिकतामा रहने देखिएको छ।

प्रकाशित : १ असार २०७९, बुधबार ११:४२