राष्ट्र बैंकले छलफलका लागि बैंकका सीइओलाई बोलायो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकले छलफलका लागि बैंकका सीइओलाई बोलायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलको लागि बोलाएको छ। मौद्रिक नीतिको तयारी गरिरहेको केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो।

राष्ट्र बैंकले मंगलबार दिउसो ३ बजेको लागि २७ वटै बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई मौद्रिक नीति जारी गर्नुअघि बैंकिङ्ग क्षेत्रका विभिन्न विषयमा छलफल गर्न बोलाएको एक बैकका सिईओले बताए । यसअघि केन्द्रीय बैंकले बैंकका अध्यक्षहरुलाई पनि बोलाएर छलफल गरिसकेको छ।

प्रकाशित : ३१ जेष्ठ २०७९, मंगलवार १३:०२