गरिमा विकास बैंक र सोल्टी होटलबीच छुट सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंक र सोल्टी होटलबीच छुट सम्झौता



काठमाडौं । नेपालकै प्रतिष्ठित ५ तारे होटल ‘सोल्टी होटल’ र यस विकास बैंक बिच होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।


सम्झौतापत्र अनुसार बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले काठमाडौंमा अवस्थित ‘द सोल्टी काठमाडौं’ र नेपालगंजमा अवस्थित ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ बाट फुड एण्ड वेभरेजमा आकर्षक १० प्रतिशत छुट पाउनसकिने जनाएको छ ।


हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

प्रकाशित : २७ जेष्ठ २०७९, शुक्रबार १२:३०