राष्ट्र बैंकद्वारा सुपारी, मरिच, केराउ र छोकडा आयातमा नगद मार्जिनको व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा सुपारी, मरिच, केराउ र छोकडा आयातमा नगद मार्जिनको व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले उद्योगले सुपारी, मरिच, केराउ र छोकडा आयात गर्दा पनि शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ ।बिहीबार बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्ता वस्तुको आयातमा नगद मार्जिनको व्यवस्था हो ।

सरकारले फागुन २६ गते राजपत्रमा सूचना प्रकाशन गदै केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफै आयात गर्न सक्ने गरि आयात खुलाएको थियो । त्यस अघि यी वस्तुको आयात बन्द गरिएको थियो ।

तर अब राष्ट्र बैंकले उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैले यी वस्तु आयात गर्दा पनि नगद मार्जिन राख्नु पर्ने ब्यबस्था गरेको हो।

राष्ट्र बैंकले औद्योगिक प्रयोगमा उपयोग हुने सुपारी, केराउ, मरिच र छोकडामा विदेशी मुद्रा सटहीको सुविधा दिन पनि बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

प्रकाशित : २६ जेष्ठ २०७९, बिहीबार १७:४३