बैंकिंङ प्रणालीमा निक्षेप संकलन ७ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंकिंङ प्रणालीमा निक्षेप संकलन ७ अर्बले बढ्यो



काठमाडौं । बैंकहरुको निक्षेप संकलन बढ्न थालेको छ ।अघिल्लो हप्ताको तुलनामा गत हप्ता वाणिज्य बैंकहरुमा ७ अर्बले निक्षेप बढेको हो ।

नेपाल बैंकर्स संघको तथ्यांक अनुसार जेठ १३ गतेदेखि २० गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब रुपैयाँले वृद्धि भएको छ । जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप जेठ २० गतेसम्म आईपुग्दा ७ अर्बले बढेर ४३ खर्ब ९० अर्ब रुपैयाँ पुगेको हो ।

यता, वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटाएका छन्। एक साताको अवधिमा बैंकहरुले २ अर्ब रुपैयाँ कर्जा घटाएका हुन् । तथ्यांक अनुसार जेठ १३ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह २ अर्बले घटेर २० गतेसम्म आइपुग्दा ४१ खर्ब ९६ अर्ब रुपैयाँ मात्र प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ९०.३२ प्रतिशत रहेको छ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार ११:०३