आइएमई पे मार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

कर्पोरेट

आइएमई पे मार्फत फुडमान्डुको भुक्तानीमा १५ प्रतिशत क्यासब्याक



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” अन्तर्गत संचालित “आइएमई पे” र “फुडमान्डु” वीच सम्झौता भएको छ । सम्झौता अनुरुप जेठ २३ गते देखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो ।


“३ को कमाल, क्यासब्याकले धमाल” नामक अफर मार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत फुडमान्डु एपमा ३ अर्डरको भुक्तानी गरे पश्चात सोको योगफलमा १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुनेछ।


यस अफरको नियम स्वरुप केवल फुडमान्डु एपबाट ३ अर्डर गरे पछि सो ३ बिलको कुल रकममा १५ प्रतिशत क्यासब्याक पाइने र यस क्यासब्याकको सीमा रु. ५०० सम्म मात्र हुने आइएमई पेले जनाएकाे छ ।

प्रकाशित : २४ जेष्ठ २०७९, मंगलवार १५:३४