रघुपति जुट मिल्सको हिरक जयन्ति सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रघुपति जुट मिल्सको हिरक जयन्ति सम्पन्न



काठमाडौं । श्री रघुपति जुट मिल्स लि. ले आफ्नो स्थापनाको ७५ औं वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रमसहित हिरक जयन्ती मनाउदै आएको छ । सोही अवसरमा जेष्ठ २१ गते शनिवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडूले विराटनगर रानी स्थित मिल्स हातामा उद्योगको क्षमता वृद्धिको लागि थप गर्न लागिएको भवनको शिलान्यास गरेका छन् ।

त्यसै गरी उद्योग हातामा विभिन्न जातको विरुवा रोपी वृक्षारोपण गरे । यसै एक समारोह वीच माननीय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीबाट अर्गनाइजेसन अन्तर्गत हनुमान इण्डष्ट्रिज प्रा.लि.मा ५८ वर्ष अघिदेखिको सेवा र श्री रघुपति जुट मिल्स लि. मा सञ्चालक मोहनलाल राखेचा एवं ५१ वर्ष देखि निरन्तर मेट पदमा कार्यरत मो जफ्फरलाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरिएको छ ।

यस अवसरमा मन्त्री वडूले उद्योगको निरिक्षण गर्नुका साथै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको वताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा. नारायण रेग्मी, उप–सचिव दूर्गा भूसाल, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं श्री रघुपति जुट मिल्स लि. का. संचालक राजकुमार गोल्छाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, श्री रुघुपति जुट मिल्सका संचालक अश्विनी गोल्छा, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७९, आईतवार १६:४१