सवारी साधनको भाडा घट्यो (सुचीसहित) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

सवारी साधनको भाडा घट्यो (सुचीसहित)



काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।

बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ६.१३ प्रतिशत घटेको थियो । सो अनुरुप अब यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ । त्यस्तै पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा २.६ र तराईको बाटोमा चल्ने मालबाहकमा २.९ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत रहनेछ ।

विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्ने जनाएकाे छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार १३:३३