कामाडौं । ज्योति विकास बैंकले जेठ १९ गते बिहिबार बैंकको नुवाकोटस्थित त्रिशुली शाखा अन्तर्गतको त्रिशुली कोलोनी विस्तारित काउन्टरको औपचारिक उद्घाटन गरेको छ। बैंकको संजाल थप सुदृढ गर्ने क्रममा बैंकले त्रिशुलीमा विस्तारित काउन्टरको औपचारिक सुरुवात गरेको हो।
विदुर नगरपालिका वडा नं. ९, नुवाकोटस्थित उक्त काउन्टरको समुद्घाटन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए। उद्घाटन समारोहमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।
विस्तारित काउन्टर उद्घाटनको अवसरमा बैंकले त्रिशुली कोलोनी विस्तारित काउन्टरका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्युआर कोड, निस्शुल्क डलर कार्ड जारी, निस्शुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।
हालसम्म ज्योति विकास बैंकले ११७ शाखा कार्यालय, २ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
Comment