भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

भारतबाट आयो पेट्रोलियम पदार्थको नयाँ मूल्यसुची



काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आएको छ । इण्डियन आयल कर्पोरेशन लिमिटेडले नेपाल आयल निगमलाई जुन १ मा नयाँ मूल्यसूची पठाएको हो ।

नयाँ मूल्यसूची अुनसार निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ७३ पैसा र एलपी ग्याँस प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा रही १५ दिनमा करिब ३ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको छ ।

मट्टितेल र हवाई इन्धनमा केही नाफा रहेपनि हाल समग्रममा निगमलाई आगामी १५ दिनमा सो बराबर घाटा हुने देखिएको हो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको लागत मूल्य प्रतिलिटर २०२ रुपैयाँ ९३ पैसा, डिजेलको लागत मूल्य प्रतिलिटर १८२ रुपैयाा ७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्याँसको लागत मूल्य प्रतिसिलिण्डर २५५१.१५ रुपैयाँ कायम भएको छ ।

हाल निगमले पेट्रोल र डिजेल क्रमशः १८० रुपैयाँ र १६३ रुपैयाँ प्रतिलिटरका दरले बेचिरहेको छ । त्यस्तै, खाना पकाउने एलपी ग्याँस प्रतिसिलिण्डर १८ सय रुपैयाँका दरले बिक्री गरिरहेको छ ।

सो मूल्यमा बिक्री वितरण गर्दा निमगलाई पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा अझै पनि घाटा छ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ७५१ रुपैयाँ १४ पैसा घाटा छ । यसबाट निगमलाई १५ दिनमा पेट्रोलबाट ६६ करोड ९८ लाख, डिजेलबाट १ अर्ब २९ करोड ९४ लाख र एलपी ग्याँसमा १ अर्ब ४३ करोड घाटा हुने निगमले जनाएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १५:१५