एमसीसी गिजोलिएको जस्तो विद्युत् परियोजनाहरूलाई नगिजोल्न सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एमसीसी गिजोलिएको जस्तो विद्युत् परियोजनाहरूलाई नगिजोल्न सुझाव



काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आगामी आर्थिक बर्षको बजेट आर्थिक बोज बढाउने बजेट भएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले आन्तरीक रुपमा भयावह बन्दै गरेको व्यापार घाटा, जोखिमको विन्दुमा पुगेका मुद्रा संञ्चिति विग्राल भएको मुल्य बृद्धि, घट्दो उत्पादन र उत्पादकत्त्व, न्युन पुँजीगत खर्च सामाजिक क्षेत्रमा देखिएको विचौलिया ९दलाल पूँजीमा बढेकोे समस्या र श्रमशक्तिमा बढेको निराशा लाई चिर्नका लागि निकास बाह्य अर्थतन्त्रका प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न कुरा र देशभित्रको अर्थतन्त्रलाई बाधक बनेका विकाशको आधारमा बजेट बन्नुपर्ने त्यो नभएको उल्लेख गरे ।

त्यसैगरी बजेटमा मुलुकको मुलभुत समस्याहरु कार्यन्वयन नभएको उनको निष्कर्श छ । साथै उनले भने, अर्थमन्त्रिले स्वयंम यो जिम्वेवारी लिईरहदा मासिक पुँजीगत खर्च १० प्रतिशत गर्छु भन्नु भएको थियो । तर यो १० महिनामा ३ प्रतिशत भन्दा माथि जान सकेन् । एभरेजमा हामी अहिले ३३ प्रतिशतमा छौं । यो पुँजीगत खर्चलाई किन बाधा पारिरहेको छ ? र के ले बाधा पारिरहेको छ? भन्ने बारेमा संबोधन गर्न नसकेको आरोप लगाएका छन् ।

उनले गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिदै उनले अब विद्युत् परियोजनाहरूलाई नगिजोल्न सुझाव दिएका हुन् । उनले विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ । हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले, उनले भने ।
उनले मानव विकास सुचकांक ०.६५ पुर्याउछु भन्नुभएको छ । हामीलाई २० बर्ष लाग्यो ५६ पुर्याउन तपाईले एक बर्षमै कसरी पुर्याउन संभब छ भन्ने तर्क गरेका छन् ।

प्रकाशित : १९ जेष्ठ २०७९, बिहीबार १५:०९