बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाइयाे: पूर्वअर्थमन्त्री पाण्डे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाइयाे: पूर्वअर्थमन्त्री पाण्डे



काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आवको बजेटमा विद्युतीय सवारी साधनमा मात्रै नभएर खाध्य वस्तुमा पनि अन्तशुल्क लगाएको र आयात बढाउने मनसाय राखेको बताएका छन् ।


बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै उनले नेपालमै उत्पादन हुने खाद्य बस्तुमा अन्तशुल्क लगाएर सरकारले स्वदेशी उत्पादन र उद्योगलाई नै विस्थापित गर्न खोजेको बताएका छन् ।


उनले नेपालमा करोडौ लगानी गरेर उद्योग खुलेको छ, त्यसमा पनि कतिपयले निर्यात गर्न समेत थालिसकेको भन्दै सरकारको यस्तो निर्णयले आन्तरिक कम्पनीलाई रोक्न खोजेको उनले तर्क गरे ।

त्यसैगरी उनले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्‍याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर चाही घटाएकाे बताएका छन् ।

त्यसैगरी उनले भने, संकट एकातिर छ, ‘बजेट अर्कैतिर गएको छ । यो बजेटले चुनाव मात्रै देख्यो, अस्ति गएको चुनाव देख्यो र आउने चुनाव मात्रै देख्यो’ । बजेटले मुलुकको वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको पाण्डेको भनाइ छ ।

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १४:४७