बजेट चुनाब केन्द्रित गरेर ल्याइएको छ: लिङदेन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेट चुनाब केन्द्रित गरेर ल्याइएको छ: लिङदेन



काठमाडौं । राप्रपा अध्यक्ष (सांसद)राजेन्द्र प्रसाद लिङदेनले अहिलेको बजेट निर्वाचन केन्द्रित रहेको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अहिलेको बजेट का बारेमा यस्तो आयो, त्यस्तो आयो भनेर टिप्पणी गर्न नपर्ने यो सिधै निर्बाचन केन्द्रित रहेको बताएका छन।

सरकारले बजेटमा इन्डक्सन चुलो. दिने भनेको छ तर त्यसलाई पुर्वाधार नभएको उनको तर्क छ । बजेटले युवाको समस्या समाधान गर्ने, स्वदेशि उद्योग उत्पादनलाई प्रोसाहन गर्ने, पुर्वधार नभइ चुल्हो दिने भन्नु चुल्हो किनेर कमिशन खाने र चुनावलाई खर्च जुटाउने मेलो भएको दाबी गरे ।

उनले भने’, यो बजेट सधै जसो अनुमानका आधारमा चलेको छ कार्यन्वयन हुदैन। सरकारले नसक्ने कुरा फिर्ता लिएर सक्ने काम मात्रै गर्न सुझाव दिए । बजेटमा भ्रष्टाचार, सुसानको कुरा कतै पनि नभएको भन्दै सरकारले बजेट मार्फत उल्लेख गरेका सबै कामहरु कार्यन्वयनमा आउन सम्भव नभएको र कार्यन्वयनमा आउने बेला सम्म सरकार परिर्वतन भैसक्ने उनले बताए ।

उनले आगामी आर्थिक बर्षको बजेट एउटा ललिपपको रुपमा रहेको पनि बताएका छन्

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार १३:२२