बजेटले युवालाई रोजगार दिने कार्यक्रम ल्याएको छ: सांसद चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटले युवालाई रोजगार दिने कार्यक्रम ल्याएको छ: सांसद चौधरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले नयाँ बजेटले प्रदेशलाई बलियो बनाएर स्थानीय युवालाई रोजगार दिने कार्यक्रम ल्याएको बताएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।

उनले बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गदै सरकारले बजेटमार्फत प्रदेशबाटै बलियो बनाएर स्थानीय युवालाई रोजगार दिने महत्वपूर्ण कार्यक्रम ल्याएको त्यो सरनिय रहेको बताएका छन् ।

उनले बजेटले नीजि क्षेत्रलाई बिकासको इन्जिनको रुपमा प्रष्टसँग स्वीकारेको पनि बताए । उनले मेक इन नेपालले बोकेको औद्योगिक विकासको ढाँचालाई अंगालिएको भन्दै यसो हुनु सुधारको महत्वपूर्ण चरण भएको उल्लेख गरे ।

त्यसैगरी उनले प्रविधि केन्द्रीत बजेट भएको पनि बताए । शिक्षा र पूर्वाधारको क्षेत्रमा पनि धेरै कुराहरु समेटिएको तथा विदेशी विद्यार्थीलाई आकर्षण गर्ने कार्यक्रम पनि ल्याएको बताए ।

मुलुकको व्यापार घाटा न्यूनिकरणका पक्षमा पनि बजेटले प्रभावकारी कार्यक्रम ल्याएको चौधरीले बताए । सिमेन्ट, क्लिकरजस्ता वस्तुमा निर्यात गर्दा ८ प्रतिशत अनुदान दिनुले उत्पादन र निर्यात बढाउने बताए ।

‘३० प्रतिशत आयात घटाउने र निर्यात बढाउन कृषि क्षेत्रका धेरै कार्यक्रम आएका छन्,’ ‘जलस्रोत प्रयोग गरेर व्यापार घाटा कम गर्न पनि सकिन्छ । जुन सरकारको कार्यक्रममा स्पष्ट रुपमा आएको छ ।’ उनले आगामी बजेटले पूर्वाधार विकासमा पनि निकै महत्वपूर्ण कार्यक्रम आएको भन्दै पूर्व–पश्चिम राजमार्गलाई ३० अर्ब बजेट दिनु सकारात्मक भएको उल्लेख गदै अगामी योजनाको लागि बजेटले सकारात्मक बाटो पहिल्याएको बताए

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १६:१३