राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि राय-सुझाव माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिका लागि राय-सुझाव माग



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका लागि आफ्ना राय सुझावहरु दिन आग्रह गरेको हो ।

आर्थिक अनुसन्धान विभागको इमेल [email protected] वा विभागको कार्यालय रहेको बालुवाटार स्थित एनआरएन भवनको ठेगानामा सुझावहरु पठाउन विभागले आग्रह गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १५:३३