बजेटले प्राथमिकता र गन्तव्य निर्धारण गर्न सकेन् : सांसद योगेश भट्टराई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बजेटले प्राथमिकता र गन्तव्य निर्धारण गर्न सकेन् : सांसद योगेश भट्टराई



काठमाडौं । एमालेका सांसद योगेश भट्टराईले बजेटले प्राथमिकता र गन्तव्य निर्धारण गर्न नसकेको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले बजेटका प्राथमिकतामा पनि प्रश्न उठाएका छन् । उनले विद्युतीय सवारी साधन भन्सारमा ८० प्रतिशतभन्दा माथि शुल्क थपिएको र कमिसन नआउने भएकाले जलाशययुक्त आयोजना आयोजना बजेटमा नराखिएको उनको भनाइ थियो ।

उनले विज्ञहरुको कुरा जोड्दै नेपालमा बार्षिक २ हजार वटा विद्युतीय गाडि आयात गर्दा विद्युत प्राधिकरणलाई बार्षिक ११ करोड १८ लाख रुपैयाँ जाने र पेट्रोलियम पदार्थ प्रयोग गर्ने गाडि आयात हुँदा बार्षिक २ अर्ब २ करोड ५० लाख रुपैयाँ आयल निगमलाई जाने गरेको छ । उनले भने ‘आयल निगममा जाने रकम नेपालमा बस्दैन तर प्राधिकरणमा जाने रकम नेपालमा नै बस्छ ।’ त्यसैले सरकारले प्राथमिकता कहाँ दिएको छ भनेर ख्याल गर्न उनले सुझाव दिएका छन्।

त्यसैगरी उनले नेपाली विदेशमा घुम्नजाँदा बार्षिक १ खर्ब लिएर जाने र विदेशी आउँदा बार्षिक करिब ८० अर्ब मात्रै आउने गरेको छ । विदेशी पर्यटक नेपाल आउँदा नेपालीले विदेशमा खर्च गर्ने जति पनि नआएको दाबी गरे । बजेटमा १० लाख पर्यटक थप्ने भनेकोमा कुन अंकमा १० लाख थप्ने भन्दै प्रश्न गरेका छन् ।
उनले भने, पर्यटनको क्षेत्रमा पहिला २०२० मा २० लाख पर्यटक पुर्याउने लक्ष्य लिएर भिजिट नेपाल २०२० अभियान चलाएको थियौ । अहिले नेपालमा २र३ लाख भन्दा बढी पर्यटन आएको छैनन् । जति थपेपनि ८० अर्ब उठाउन गारो रहेको भन्दै बजेटले बैकल्पिक योजना उल्लेख नगरेको बताए ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १४:५९