नेपाली स्टार्टअपका लागि ५० करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाली स्टार्टअपका लागि ५० करोड



काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि सीएनआइवाइइएफले आगामी असार ११ गते होटेल सोल्टीमा स्टार्टअप फेष्ट’ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा करिब तिन स्वोदेशी तथा बिदेशी उद्ध्यमी, लगानी कर्ता, बिद्यार्थी, बुद्धिजिबी, पत्रकार आदिको सहभागिता रहने आनुमान गरिएको छ ।

नेपालमा स्टार्टअप्सलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको स्थापित गर्ने उद्देश्यसले यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारी सीएनआईवाइइएफकाका अध्यक्ष अमुन थापाले दिए ।

स्टार्टअप्सलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गरेको भन्दै त्यसको कार्यान्वयनका लागि समितिले सरकारसँग सहकार्यक्रमा काम गर्न सक्ने बताए । उनले व्यवसायका स्वरुपहरु परिवर्तन भइरहेको र नयाँ क्षेत्रहरुमा काम गर्ने संभावना रहेको उल्लेख गरे ।

आयोजना गर्न लागिएको उक्त कार्यक्रममा स्टार्टअप्सले लगानीकालागि प्रस्ताब पनि पेस गर्ने व्यवस्था मिलाइएको छ । “सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेस्ट” को अफिसियल वेबसाइट मार्फत आबेदन पेस गर्न सकिने जानकारी फोरमका निबर्तमान अध्यक्ष चाङ अग्रवालले दिएका छन् ।

स्टार्टअपहरुलाई लगानीको आबेदनकोलागि २७ जेठ सम्मको समय अबधि तोकिएको छ । चाङ उत्साहित हुदै भन्छन् “ यस्तो कार्यक्रम नेपालको इतिहासमा नै पहिलो पटक हुन लागेको हो, हामीले ४ मिलियन डलर बराबरको लगानीकालागि आसयपत्रमा हस्ताक्षर गरिसकेको छौँ । टिम भेन्चर, ग्लोबल इक्विटी फण्ड, अध्यन्ता फण्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनर प्रा।लिले संयुक्त रुपमा करिब ५० करोड रूपैयाँको सहयोग गरिसकेका छन् ।

होटेल हिमालयमा वैशाख २९ गते भएको एक समारोहमा उक्त सस्थाहरुसंग आसय पत्रमा हस्ताक्षर गरिएको हो । यसकासाथै सोहि समारोहमा नेपाल प्राइभेट इक्विटी एशोसियसन, इम्प्याक्ट हब, रोबोटिक्स एशोसियसन नेपाल र एन्टरप्रेरणासँग पनि सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

उक्त मेलामा विविन्न विधाका ७ ओटा स्टार्टअप्सहरुलाई सम्मान्नित गरिने भएको छ । ५० भन्दा धेरै स्टार्टअप्सले आफ्नो बस्तु तथा सेवा को प्रदर्शनी गर्ने व्यवस्था समेत गरिएको छ । एक दिनसम्म चल्ने उक्त कार्यक्रममा प्यानेल डिस्कसन, इन्भेष्टर्स डेटिंग, रोबोटिक फुटबल, प्यानेल डिस्कसन, ड्रोन गतिविधी, सांगितिक कन्सर्ट आदि कार्यक्रमहरु रहनेछन् ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार १४:३७