दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

अर्थबजार स्टोरी

दोर्दी खोला जलविद्युत कम्पनीले जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने



काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

जसमध्ये ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने १ लाख ९ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर देखि अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा जेठ २६ गतेदेखि जेठ ३१ गते सम्म आवेदन दिन पाइनेछ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयर एप वा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ।

प्रकाशित : १७ जेष्ठ २०७९, मंगलवार ११:०५