सवारी लाइसेन्सकाे नयाँ अनलाईन आवेदन सुरु, पुरानाे आवेदन सबै रद्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सवारी लाइसेन्सकाे नयाँ अनलाईन आवेदन सुरु, पुरानाे आवेदन सबै रद्द



काठमाडौं । यातायात व्यवस्था विभागले आज (सोमबार) बाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन पुनः खुल्ला गरेको छ । विभागले हालसम्म सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ ।

नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब नयाँ सवारी चालक अनुमति पत्रकाे लागि विभागले तोकेको वेवसाइटमा लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोबारबाट आवेदन खुला हुनेछ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १३:४१