प्राधिकरणले ५० स्थानमा चार्जिङ्ग स्टेशन सञ्चालन गर्ने, विद्युतीय सवारीमा ४० प्रतिशत आयकर छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

प्रविधी

प्राधिकरणले ५० स्थानमा चार्जिङ्ग स्टेशन सञ्चालन गर्ने, विद्युतीय सवारीमा ४० प्रतिशत आयकर छुट



काठमाडौं । सरकारले विद्युतीय सवारी साधन उद्योगलाई प्रोत्साहित गर्न ४० प्रतिशतसम्म आयकर छुट दिने भएको छ। चारपांग्रे विद्युतीय सवारी साधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना भएमा त्यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट पाउने छन्।

नेपालबाहिर सफ्टवेयर, विद्युतीय सेवा, बिजनेस प्रोसेस आउट सोर्सिङ वा यस्तै प्रकृतिका सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई सोबमोजिमको आयमा ९९ प्रतिशत कर छुट गरी एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ ।


सरकारले विद्युतीय सवारी साधनको प्रयोग बढाउन नेपाल विद्युत प्राधिकरणले ५० स्थानमा चार्जिङ्ग स्टेशनहरू सञ्चालन गर्ने व्यबस्था मिलाउने भएको छ। पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ्ग स्टेशनहरू स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने व्यवस्था मिलाउने भएको छ ।

विद्युतीय चुल्हो, उपकरण तथा यातायातका साधन प्रयोग गरी थप विद्युत खपत गर्न प्रेरित गरिनेछ। ठूला शहरहरूको यातायात सेवा र भान्सालाई क्रमशस् विद्युतीय प्रणालीमा परिणत गरिने छ।

त्यस्तै सरकारले सार्वजनिक निकायले विद्युतीय सवारी साधन खरिद गर्नुपर्ने व्यवस्था मिलाउने बताएको छ। परम्परागत इँटा भट्टालाई विद्युतीय इँटा भट्टाले क्रमश विस्थापित गर्दै लगिने, डिजेल बोईलरलाई क्रमशः विद्युतीय बोईलरले विस्थापन गरिने भएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७९, सोमबार १२:१७