काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भएपछि खोजी गर्न नेपाली सेनाको हेलिकप्टर काठमाडौंबाट उडेको छ।
मुस्ताङको लेते भन्ने ठाउँमा विमान दुर्घटना भएको स्थानीयले जानकारी दिएपछि सेनाको टोली एमआइ-१७ खोजीको लागि काठमाडौंबाट उडेको हो। उता मुस्ताङमै रहेको फिस्टेल एअरको हेलिकप्टर खोजीका लागि परिचालन गरिएको छ।






Comment