उपकार लघुवित्तको शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उपकार लघुवित्तको शेयर नेप्सेमा सूचीकृत



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । जेठ १२ गते बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम ४०३ रुपैयाँ ९१ पैसा देखि १२११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार शुक्रबार दोस्रो बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित : १२ जेष्ठ २०७९, बिहीबार १५:५५