भरतपुरको मेयरमा रेनु दाहाल विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थ राजनीति

भरतपुरको मेयरमा रेनु दाहाल विजयी



काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भएकी छिन् । उनले एमाले उम्मेदवार विजय सुवेदीभन्दा १२ हजारभन्दा बढी मत ल्याएर जितेकी हुन्

रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मत ल्याएर विजयी भए । राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।

प्रकाशित : १० जेष्ठ २०७९, मंगलवार ११:४०