काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले निजी क्षेत्रलाई प्रतिस्पर्धी, सबल र उत्पादनशील बनाउन राज्यको भूमिका सहजीकरण र नियमनकारी हुनुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट २०२२’ मा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान गरी निजी क्षेत्रको प्रवर्द्धनमा राज्यको दृष्टिकोण खुला हुनुपर्ने बताएका छन् । त्यसैगरी उद्योगले गरेको मूल्य अभिवृद्धि र निर्यातको आधारमा प्रोत्साहित गर्दै अघि बढाउनु अहिलेको आवश्यकता रहेको बताए । यसका साथै अवसर धेरै भएका क्षेत्रमा स्वदेशी एवं विदेशी लगानी प्रोत्साहन गर्दै हाम्रा लागि आवश्यक स्रोत जुटाउन पहल गर्न जरुरी रहेको बताएका छन्।
कार्यक्रममा बोल्दै उनले नेपालमा वस्तु उत्पादन बढाउनुको साथै नेपाली वस्तुप्रतिको विश्वास अभिवृद्धि गर्नु अभियानको मुख्य अभिप्राय रहेको पनि बताए।
अध्यक्ष अग्रवालले हामीले यसका लागि सोचमा बदलाव ल्याउने, नेपाली वस्तुप्रतिको दृष्टिकोण फेर्नु आवश्यक रहेको छ । नेपाली वस्तु गुणस्तरीय र मूल्यमा प्रतिस्पर्धी छन् भन्ने विश्वास उपभोक्तामा जगाउन आवश्यक रहेको धारणा व्यक्त गरे।









Comment