विदेशी लगानीमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्छ: गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी लगानीमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्छ: गभर्नर अधिकारी



काठमाडौं । विदेशी लगानी सम्बन्धमा राज्य र निजी क्षेत्रको धारणा परिवर्तन गर्नुपर्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘मेक इन नेपाल स्वदेशी समिट’ मा गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।

विदेशी लगानीलाई निजी क्षेत्रले बाधक रुपमा लिन नहुने उनले बताए । विदेशी लगानीले पुँजीसँगै प्रविधि, व्यवस्थापकीय सीप, उत्कृष्ट कार्यशैली पनि आउने भएकाले स्वदेशी लगानीकर्ता र उत्पादनका लागि पनि लाभदायक हुने उनले बताए ।

नेपालमा अहिले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ छ । जसले वैधानिक तरिकाले विदेशमा लगानी गर्न दिएको छैन । उनले विदेशी लगानीको नाममा केही विकृति भित्रिन थालेकाले त्यस्ता लगानी निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

नेपालकै वित्तीय स्रोतबाट स्थापना भइ राम्रोसँग सञ्चालन भइरहेका उद्योग व्यवसायको सेयर स्वामित्व विदेशमा रहेका आफ्नै परिवारको नाममा स्थानान्तरण गरेर विदेशी लगानी भित्र्याइएको देखाइने गरेको छ, उनले भने, वास्तवमा त्यो विदेशी लगानी होइन । त्यो प्रक्रियामार्फत धेरै पुँजी बाहिरिएको छ । यसकारण त्यस्ता गतिविधि सबै मिलेर निरुत्साहित गर्नुपर्ने उनले बताए ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १४:०८