नबिल बैंकको विशेष साधारण सभा सम्पन्न, एनबी प्राप्तिको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको विशेष साधारण सभा सम्पन्न, एनबी प्राप्तिको प्रस्ताव पारित



काठमाडौं । नबिल बैंक लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ । बैंकको शनिबार सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती ) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो ।

नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । जसअनुसार नेपाल बङ्गलादेश बैंकका शेयरधनीहरुले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता बराबर नबिल बैंक लिमिटेडको ४३ कित्ता शेयर प्राप्त गर्ने छन् ।

उक्त साधारणसभाले नेपाल बंङ्गलादेश बैंक लिमिटेडलाई नबिल बैंक लिमिटेडले प्राप्ती (एक्विजेशन) गर्ने सम्बन्धमा भएको सम्पत्ति, दायित्व, तथा कारोबारको मुल्यांकनकर्ता पिकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनी, चाटर्ड एकाउण्टटेन्ट्सको नियुक्ति तथा निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदन, समझदारीपत्र तथा अन्तिम सम्झौतापत्र लगायतका सम्पुर्ण काम कारवाहीहरुलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरेको बैंकले जनाएको छ ।

२०७८ चैत्र मसान्तको बित्तीय विवरण अनुसार नेपालबङ्गलादेश बैंकलाई प्राप्ति गरे पश्चात नबिल बैंकको चुक्ता पुँजी २२ अर्व ८३ करोड २९ लाख ८ हजार पुग्नेछ भने कर्जा रकम ३०९ अर्ब र निक्षेप रकम ३२० अर्ब पुग्नेछ ।

त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार १४५अर्ब पुग्नेछ । प्राप्ति पश्चात् नबिल बैंकको शाखा सञ्जाल वृद्धि भई २५४ पुग्ने छ भने ९ महिनाको संयुक्त खुदमुनाफा ४ अर्ब ४६ करोड हुने बैंकले जनाएको छ ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार ११:३६