किसान लघुवित्तकाे तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

किसान लघुवित्तकाे तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते



काठमाडौं । किशान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम रुप दिनेछ ।

यस अघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार १४:४८