तहसनहस भएको पुँजीबजारलाई आगामी बजेटले नँया तरंग ल्याउनुपर्छ : विनोद चौधरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तहसनहस भएको पुँजीबजारलाई आगामी बजेटले नँया तरंग ल्याउनुपर्छ : विनोद चौधरी



काठमाडौं । सांसद विनोद चौधरीले तरलताको कारण तहसनहस भएको पुँजीबजारलाई आगामी बजेटले नँया तरंगमा ल्याउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा बोल्दै उनले पुँजी बजारमा तरलताका कारण धेरै मानिसको लगानी डुबेको र यसलाई उकास्न आगामी बजेट मार्फत नया तरंग आउने खालको लय लिनुपर्ने बताएका छन् ।

उनले बैकहरुमा तरलता अभाबले गर्दा ब्याजदर बडेर १५ प्रतिशत पुग्ने अबस्था आउने बताउदै यसलाई कम गर्न राष्ट्र बैंकसंग भएको ५०० अर्ब भन्दा बढी पुँजी बजारको तरलतामा जानुपर्ने उनले बताए ।

उनले सरकारले विकास खर्च पनि गर्न नसक्ने,जम्मा गरेको पैसा पनि बजारमा ल्याउन नसक्ने अवस्था रहेको र यसको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

साथै उनले अहिले युवामा देखिएको समस्याको पनि अन्त्य हुनुपर्ने सुझाब दिएका छन्। बर्षैनि विदेश पलाएन हुने युवाहरुलाई रोक्न स्वदेशमै रोजगारी र्सिजना गरी गरीखाने बाताबरण आगामी बजेट मार्फत मिन्नुपर्ने उनको भनाई छ ।

प्रकाशित : ५ जेष्ठ २०७९, बिहीबार १७:०४